Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

‘जन्ते बाख्रो’ को प्रिमिएरमा कसले के भने ?

‘जन्ते बाख्रो’ को प्रिमिएरमा कसले के भने ?

काठमाडौँ : शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’ मनोरञ्जनात्मक रहेको कलाकर्मीले प्रतिक्रिया दिएका छन् । बुधवार साँझ सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमिएरमा कलाकर्मीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रिमिएरमा फिल्म हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको बताइन् । अभिनेता संजोग कोइरालाले नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परा फिल्मले मनोरञ्जन तरिकाले दिने बताए ।

‘ग्रामीण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ’, संजोगले भने । अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले फिल्म निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए ।

Garima-Rusha-Samapika

उनले हेरेर निस्किँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे । कार्यक्रममा सहभागी फिल्मकर्मी र सञ्चारकर्मीले फिल्म ‘मनोरञ्जनको प्याकेज’ भएको प्रतिक्रिया पाउँदा उत्साहित भएको फिल्मकी अभिनेत्री गरिमा शर्माले बताइन् ।‘हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शो बाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन् । अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए ।

Saugat-Asif

अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात् दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनुहुन्छ भन्नेमा आशावादी छु’, उनले भने ।

Jante-Bakhro-Team

निर्माता सन्तोष गौतमले आफूले निर्माताको रूपमा फिल्म निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले फिल्म हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटको बताए ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’ को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिव भक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।

asim-Asif-Sandeep-SanjogSimosh-Garima

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट