Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

संखुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

संखुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबार अविरल बर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोलाका वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलामा रहेको १५-१५ मिटर लामो दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय डिएसपी बस्नेतका अविरल बर्षासँगै आएको बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । त्यस्तैगरी भोटखोला १ र ३ जोड्ने छोकाङ खोलामा रहेको २० मिटर लम्बाइ भएको काठे पुल बगाएको डिएसपी बस्नेतले बताउनभयो ।

भोटखोला १ र ३ जोड्ने माप्च्या खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । केही दिन आएको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि झन्डै २५० घरधुरी विद्युतविहीन भएका छन् ।

भोटखोलामा बाढी र पहिरो यो वर्ष धेरै स्थानमा गएको स्थानीयले बताएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको हटिया र हुङहुङ सडक बगाएको छ ।बाढी खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ। बाढीले खाँदबारी –किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट