Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो

पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो

इस्लामवाद : पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी कूटनीतिक मिसनका प्रमुख बिलावल भुट्टो जरदारीले देशले भारतसँग विना शर्त शान्ति चाहेको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकार सम्मेलनको क्रममा उनले साे कुरा बताएका हुन् ।

पाकिस्तानी संसदीय प्रतिनिधिमण्डलका प्रमुख बिलावल भुट्टोले भने, ‘भारतले पहलगाम घटनाको लागि अनुसन्धान र प्रमाण बिना नै पाकिस्तानलाई दोष दियो, जबकि प्रधानमन्त्री शाहबाज शरीफले पहलगाम घटनाको अनुसन्धानमा भारतलाई मद्दत गर्ने प्रस्ताव गरेका थिए ।’

भारतले सीमा उल्लङ्घन गरेको र निर्दोष नागरिकहरूलाई निशाना बनाएको पनि उनले बताए । ‘पाकिस्तानले सबै प्रकारका आतङ्कवादको कडा निन्दा गर्दछ । हामीले आतंकवाद विरुद्धको युद्धमा भारी मूल्य चुकाएका छौँ ।’ भुट्टोले भने ।

भारत र पाकिस्तान बिच तनाव हालै कति छिटो बढेको आफूहरूले देखेको अनि दुई आणविक शक्तिहरू युद्धको संघारमा रहेको भए पनि अमेरिकाका राष्ट्रपति सहित अन्तर्राष्ट्रिय समुदायले युद्धविराममा महत्त्वपूर्ण भूमिका खेलेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij