Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

धमाधम कर्मचारी निकाल्दैछ डिज्नी

धमाधम कर्मचारी निकाल्दैछ डिज्नी

वासिङटन डीसी : अमेरिकी मनोरञ्जन कम्पनी डिज्नीले सयौं कर्मचारीलाई कामबाट निकाल्न लागेको छ ।कम्पनीको यस निर्णयले विश्वभर फिल्म, टीभी र अर्थ विभागमा कार्यरत कम्पनीका कर्मचारी प्रभावित हुने बताइएको छ । ग्राहकहरू केबल टीभीको सब्सक्रिप्सन छाडेर स्ट्रिमिङ प्लेटफर्मतिर लागेपछि कम्पनी खर्च कटौती गर्ने दबाबमा आएको हो ।

उद्योग तीव्र गतिमा परिवर्तन भइरहेकोले आफूहरूले व्यवसायलाई किफयती ढङ्गले चलाउने तरिका खोज्नुपरेको कम्पनीको दाबी छ । सन् २०२३ मा साढे ५ अर्ब डलर जोगाउने कम्पनीका सीईओ बब आइगरको योजनाअन्तर्गत डिज्नीले विश्वभरबाट सात हजार कर्मचारी निकालेको थियो ।

कम्पनीको पछिल्लो निर्णयले फिल्म र टीभी इकाइको मार्केटिङ विभगसमेतका कैयौं समूहलाई प्रभावित बनाउनेछ । डिज्नीको कास्टिङ र डेभलपमेन्ड एन्ड कर्पोरेट फाइनान्स विभाथका कर्मचारी पनि कटौतीमा पर्नेछन् ।डिज्नीमा विश्वभर २ लाख ३३ हजार कर्मचारी कार्यरत् छन् । यीमध्ये ६० हजार अमेरिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij