Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

कोटिहोममा महानायक राजेश हामाल आउँदै

कोटिहोममा महानायक राजेश हामाल आउँदै

पोखरा :  पोखरामा जारी श्री गण्डकी  शतकुण्डीय गायत्री कोटिहोम  विराट ज्ञान महायज्ञमा (मंगलबार) महानायक  राजेश हमाल आउने भएका छन् ।कोटिहोममा पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा साधु सन्त, कथाव्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोममा कथा वाचन गरिहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोषाकमा कथा वाचन गरिन् । आफु जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रादाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक साँस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन् । उनी मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लागएर पाण्डलमा आएका थिइन् ।

काठमाण्डौ बाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीले कोटिहोम र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंशा गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्रयाउन ठूलो मद्दत मिल्ने बताईन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दशर्न गरेका थिए ।महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहँु बढ्दो छ । यतिवेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधान वन्द भएपनि भक्तजनको उपस्थिति भने घटेको छैन ।

शुरुको अवस्थामा केही विरोधका आवज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा लोक गायीका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट