काठमाडौँ: वाग्मती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको अत्याधुनिक BSL2+ (Biosafety Level 2 Plus) प्रयोगशाला आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

उक्त प्रयोगशाला चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा स्थापना गरिएको हो।
समारोहको अध्यक्षता कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले गर्नुभएको थियो भने प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ रहनुभएको थियो।
यस अत्याधुनिक प्रयोगशालाबाट पशु, मत्स्य र कृषिका विभिन्न रोगहरूको पहिचान, निगरानी, अनुसन्धान तथा नियन्त्रणमा सशक्त सहयोग पुग्ने विश्वास गरिएको छ। वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र जनशक्ति उत्पादनमा समेत प्रयोगशालाले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यस प्रयोगशालाको सञ्चालनले भविष्यमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण र प्रमाणिकरण सेवा उपलब्ध गराई कृषिजन्य उत्पादनको गुणस्तर सुधार तथा निर्यात प्रवर्द्धनमा समेत सहयोग पुर्याउनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij