Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

४७ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा भारतीय पुरुष पक्राउ

४७ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा भारतीय पुरुष पक्राउ

नयाँ दिल्ली : भारतीय अधिकारीहरूले दुर्लभ सर्पहरूसहित एक पुरुषलाई मुम्बई विमानस्थलमा पक्राउ गरेका छन् । थाइल्यान्डबाट फर्किरहेका ती पुरुषको झोलामा ४७ वटा भाइपर प्रजातिका विषालु सर्प पनि थिए ।

आइतबार विमानस्थलमा लगेज चेक गर्ने क्रममा अधिकारीहरूले चेक–इन भइसकेका लगेजमा ती जन्तु फेला पारेका थिए । वन्यजन्तु संरक्षण कानुन अन्तर्गत भारतमा सरी सर्पहरू जफत गरिन्छ । यात्रीको नाम खुलाइएको छैन ।

हाल उनी हिरासतमा छन् । आफूलाई पक्राउ गरिएको मामिलामा उनले कुनै प्रतिक्रिया दिन नमानेको भन्दै बीबीसीले समाचार छापेको छ । भन्सारका अधिकारीहरूले माइक्रोब्लगिङ वेबसाइट एक्समा सेयर गरेको तस्बिरमा एउटा भाँडोमा घिस्रिरहेको रंगीबिरंगी सर्पहरू देखिन्छ ।

भारतमा बाहिरबाट जीवजन्तु ल्याउनु गैरकानुनी छैन । तर भारतको वन्यजन्तु संरक्षण कानुनले निश्चित खालको प्रजातिलाई ल्याउन निषेध गरेको छ । यसमा सरकारले सङ्कटापन्न भनेको वा संरक्षण गर्नुपर्ने सूचीमा राखेका वन्यजन्तु पनि पर्दछन् । यसरी वन्यजन्तु ल्याउनु अघि यात्रुले अनुमति लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij