Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

कान्तिपुर थियटरमा आजबाट रेखाको ‘मिरा’

कान्तिपुर थियटरमा आजबाट रेखाको ‘मिरा’

काठमाडौँ : अभिनेत्री रेखा थापाले थियटर डेब्यु गर्न लागेको नाटक ‘मिरा’ आज सोमबारबाट सुरु हुने भएको छ । गैरिधारस्थित कान्तिपुर थियटरले मञ्चन गर्न लागेको नाटकका परिकल्पना निर्देशक सुन्दर धिताल हुन् । नाटक गत १५ गते बिहीबारदेखि मञ्चनको तयारीमा थियो । सोही दिन राजधानीमा सत्तारुढ एमाले र राजावादीले आयोजना गरेको प्रदर्शनका कारण नाटकको मञ्चन सरेको थियो ।

नाटक असार ७ गतेसम्म बुधबार बाहेक साँझ ५ः ३० मा नाटक नियमित मञ्चन हुनेछ । नाटकमा रेखाको अलवा विशाल पहाडी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीता विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय देख्न सकिन्छ ।कान्तिपुर थियटरको पहिलो प्रस्तुतिको रूपमा मञ्चन हुन लागेको नाटक दीपक सिञ्जालीद्धारा लिखित उपन्यास ‘मिरा’ मा आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट