Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

जापानमा ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’ सम्पन्न

जापानमा ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’ सम्पन्न

टोकियो : ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’को चौथो संस्करण जापानको राजधानी टोकियोमा आयोजना भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौँको आयोजना रहेको अवार्डमा फेसन, मनोरञ्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । जसमा करिब डेढ दर्जन व्यक्तित्वले अवार्ड थापेका छन् ।

एन.आर.एन.ए.जपानका अध्यक्ष नवीन न्युरेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेप्लिज विजनेश एसोसिएसन जापानका अध्यक्ष बिजेश थकालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यवसायी मनिस मगर एवं सुरेन्द्र खड्का पनि सहभागी थिए ।

फेसनमय वातावरणमा आयोजित कार्यक्रमको कोरियोग्राफि फेसन कोरियोग्राफर एवं हिमालयन मुभिजकी सीईओ हिमानी सुब्बाले गरेकी थिइन् भने सम्पूर्ण कार्यक्रम सम्प्रेषण जापानकै फोटोग्राफर गणेश थापामगरले गरेका थिए ।

अवार्ड कार्यक्रममा विशेष सम्मान अवार्ड स्वरूप एनआरएनए जापान अध्यक्ष नवीन न्युरेलाई वेस्ट नेप्लिज सोसियल क्याम्पेनर, नेप्लिज बिजनेश एसोसिएसन जापानका अध्यक्ष बिजेश थकालीलाई वेस्ट सोसियल वेलफेयर एयाक्टिभिस्ट, व्यवसायी मनिस मगरलाई वेस्ट नेप्लिज फरेन आन्टरप्रेनियर तथा फोटोग्राफर गणेश थापा मगरलाई वेस्ट नेप्लिज फरेन फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij