Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह

भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह

भक्तपुर : भक्तपुरको सूर्यबिनायक नगरपालिका– ४ दधिकोटमा अवस्थित शङ्कर नेशनल स्कुलले दीक्षान्त समारोह मनाएको  छ। शुक्रबार सो विद्यालयले ४५ औँ वार्षिकोत्सव मनाउने क्रममा  प्ले ग्रुपदेखि कक्षा ३ सम्मको अभिभावक दिवस पनि मनाएको हो ।

कार्यक्रममा कक्षा युकेजीबाट कक्षा १ मा जाने ५० जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा प्रिन्सिपल शरण चौँलागाईले विद्यालयले गुणस्तरीय शिक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले विद्यालयले संस्कारयुक्त शिक्षा र व्यवहारिक शिक्षालाई जोड दिएको समेत बताए । उनले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहयोगका कारण विद्यालयले प्रगति गरिरहेको बताए।

501795127_1013119694134468_9170950079120830078_n

कार्यक्रममा व्यवस्थापक मीनकुमार श्रेष्ठले आफ्नो विद्यालयले न्यून शुल्कमा राजर्षि गुरुकुल र काठमाडौँ वर्ल्ड स्कुल सरहको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए ।  उनले अहिले विद्यालयमा थप भौतिक संरचनाहरूको निर्माण पनि भइरहेको जानकारी दिँदै अनुशासनमा नबस्ने विद्यार्थीहरूलाई तत्काल कारबाही गर्न पनि विद्यालय प्रशासनलाई निर्देशन दिने गरेको जानकारी दिए । 502852534_1013119547467816_4963652507690141645_nकार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले  नृत्य, फेसन सो, गायन, नाटक लगायत कला प्रस्तुत गरेका थिए। कार्यक्रम इम्पेरियल बैङ्क्वैटमा आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट