Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक

अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक

काठमाडौँ : गर्मीमा छाला डढ्नु सामान्य समस्या हो । डढेको छालालाई प्राकृतिक रूपमा हटाउन चाहनुहुन्छ भने चन्दन तपाईंको लागि उत्तम समाधान हुन सक्छ ।चन्दनमा एन्टी–इन्फ्लेमेटरी र छालालाई उज्यालो बनाउने गुणहरू पाइन्छ, जसले ट्यानिङ हटाउन त मद्दत गर्छ नै प्राकृतिक रूपमा छालालाई चम्किलो पनि बनाउँछ । तर यसको लागि चन्दनमा केही चीज मिसाउनु पर्छ । आजको यस लेखमा गर्मीमा डढेर कालो भएको छालाको रङलाई कसरी सामान्य बनाउने भनेर केही घरेलु उपचारबारे कुराकानी गर्नेछौँ ।

चन्दन, बेसार र दहीको फेस प्याक

चन्दनको धुलोमा एक चिम्टी बेसार, दही र गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई १५–२० मिनेटको लागि अनुहारमा लगाउनुहोस् र त्यसपछि सफा पानीले मुख धुनुहोस् । बेसारमा एन्टी–ब्याक्टेरियल गुणहरू हुन्छन्, जसले छालालाई सफा र चम्किलो बनाउँछ ।

चन्दन र एलोभेरा

एक चम्चा चन्दनको धुलोमा ताजा एलोभेराको रस मिसाएर लगाउनुहोस् । एलोभेराले छालालाई चिसो बनाउनुका साथै ट्यानिङ हटाउन मद्दत गर्छ । यो पेस्टले छालालाई हाइड्रेट गर्छ र स्वस्थ पनि बनाउँछ ।

चन्दन र दूध

चन्दनको धुलोमा काँचो दूध मिसाएर पातलो पेस्ट बनाउनुहोस् । अनि यो पेष्टलाई अनुहारमा लगाउनुहोस् । दूधले छालालाई प्राकृतिक रूपमा एक्सफोलिएट गर्छ र सफा बनाउँछ । यसको नियमित प्रयोगले छाला नरम र चम्किलो देखिन थाल्नेछ ।

चन्दन र दही

चन्दनमा दही मिसाएर लगाउनाले छालाका मृत कोषहरू हट्छन् र ट्यानिङ बिस्तारै कम हुन थाल्छ । दहीमा रहेको ल्याक्टिक एसिडले छालालाई एक्सफोलिएट गर्न मद्दत गर्छ ।

चन्दन र गुलाबजल

गुलाबजलमा चन्दनको धुलो मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । गुलाबजलले छालालाई ताजा बनाउँछ र प्राकृतिक चमक दिन्छ ।

यी घरेलु उपचारहरू अपनाएर, तपाईँ कुनै पनि रसायन बिना छालाको ट्यानिङ हटाउन सक्नुहुन्छ । यसको नियमित प्रयोगले तपाईंको छाला सफा, स्वस्थ र चम्किलो रहन्छ ।

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट