Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

थाइल्याण्डकी ओपल सुचाताले जितिन् मिस वर्ल्डको उपाधि

थाइल्याण्डकी ओपल सुचाताले जितिन् मिस वर्ल्डको उपाधि

काठमाडौँ : मिस वर्ल्डको ७२ औं संस्करण थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् ।भारतको हैदरावादमा गएराती समन् ग्राण्ड फिनालेमा चुआंगश्रीले मिस वर्ल्डको उपाधि जितेकी हुन् । उनलाई ७१औं मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले शिरमा ताज पहिराएर सम्मान गरेकी थिइन् ।समापन समारोह, अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले, तेलंगानाको हैदराबादस्थित हिटेक्समा आयोजना गरिएको थियो।

यस प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजे पहिलो रनर अप बनेकी छन् भने मार्टिनिककी औरेली योहाचिम दोस्रो रनरअप बनेकी छन् ।प्रतियोगिताको फाइनलमा मार्टिनिककी औरेली योहाचिम, इथियोपियाकी हासेट डेरेजे, पोल्याण्डकी माया क्लाज्दा र थाइल्याण्डकी ओपल सुचाता पुगेका थिए ।

यस मिस वर्ल्डमा नेपालबाट मिस नेपाल वर्ल्ड सृच्छा प्रधान सहभागी भएकी थिइन् । प्रधान क्वाटरफाइनल नपुग्दै बाहिरिएकी थिइन् । मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता शनिबार, मे ३१ मा नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ ।

मिस वर्ल्डका अनुसार, बलिउडका प्रसिद्ध अभिनेता सोनु सूदलाई समापन समारोहमा मिस वर्ल्ड ह्युम्यानिटेरियन अवार्ड प्रदान गरिएको थियो।मिस वर्ल्ड संगठनले १९५१ मा 'ब्युटी विथ अ पर्पज' नाराका साथ मिस वर्ल्ड प्रतियोगिता सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij