Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरमा स्कुटर दुर्घटनामा चालकसहित दुई घाइते

भरतपुरमा स्कुटर दुर्घटनामा चालकसहित दुई घाइते

भरतपुर : भरतपुर महानगरपालिका वडा नं–१, बागेश्वरी मन्दिरअगाडि स्कुटर अनियन्त्रित भई पल्टिएर सडकछेउको डिभाइडरमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

आँपटारीबाट देवघाटतर्फ जाँदै गरेको ना ६३ प ७७१ नम्बरको स्कुटर दुर्घटनामा चालक भरतपुर–११ बस्ने ४४ वर्षीय उत्तरबहादुर गुरूङ र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीय उपेन्द्र गुरूङ घाइते भएका हुन् ।

घाइते दुवै जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा चालकका दाइ विकाश गुरूङ संलग्न रहेका छन् । स्कुटर वडा प्रहरी कार्यालय, नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij