काठमाडौँ : नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले आगामी बजेट अटो सेक्टरलाई उजागर गर्ने किसिमले आएको बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले शनिबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
'आगामी बजेटबाट अत्यन्तै खुसी छु । यो बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ,' उनले भने,'अटो सेक्टरलाई चलायमान गर्ने सरकारको यो पहल सर्हानिय छ । यो बजेटले सानोतिनो चिजमा तलमाथि भएको छ ।'
अटो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए । अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए ।
नेपालमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न व्यापार वृद्धि गरिनुपर्ने उनको भनाइ थियो। यो पालिको बजेटले युवा पुस्तालाई प्राथमिकतामा राखेको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij