Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

आईपीएलको सफलता नजिक फिल साल्ट

आईपीएलको सफलता नजिक फिल साल्ट

काठमाडौं : रोयल च्यालेन्जर बंगलोर (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।आईपीएलको फाइनलमा प्रवेश गरेसँगै फिल साल्टका लागि विशेष उपलब्धि मूलक बनेको छ ।उनी लगातार दुई पटक आईपीएल च्याम्पियन हुने दुर्लभ सफलताबाट एक पाइला मात्र टाढा छन् ।

बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो ।सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।

उसका लागि साल्टले शानदार अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।साल्टले आईपीएलको प्ले अफमा सबै भन्दा थोरै बलमा अर्धशतक प्रहार गर्ने ब्याटरको रुपमा क्रिस गेलसँग बराबरी गरेका छन् ।गत सिजन कलकता नाइट राइडर्सबाट खेलेका उनले अन्तिम केही खेल गुमाएका थिए ।

सो समयमा अफगान विकेटकिपर ब्याटर रहमुल्लाह गुरावजले साल्टको अभाव महसुस हुन दिएका दिएका थिएनन् ।यस सिजनमा गुरवाज र क्विन्टन डी कक दुवैA प्रभावकारी भएनन् । लगातार दुई सिजन आईपीएललाई स्वर्णिम बनाउने क्रममा उनका लागि एक खेल मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट