एजेन्सी : उत्तरी गाजा राहत वितरणमा लुटपाट सुरु भएको छ।गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि लुटपाट सुरु भएको हो ।हमासको नियन्त्रणमा रहेको आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार राहत वितरणलाई व्यवस्थित गर्न पुगेका ७ जना प्रहरीको इजरायली हवाई आक्रमणबाट ज्यान गएको छ।
यसै घटनाका बारे इजरायली सेनाले केही प्रतिक्रिया जनाएको छैन तथापि पछिल्लो केही दिन यता इजरायली सेनाले त्यस क्षेत्रमा आतङ्ककारीलाई लक्षित गर्दै प्रहार गरिएको जनाउँदै आएको छ।स्थानीय श्रोतका अनुसार बिहीबार ४४ जना मारिएका छन्। यसरी मारिनेमा केन्द्रको बुरुजी शरणार्थी शिविरका छन्। यसको एक दिन अघि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दुई जनालाई गोली प्रहार गरेर मारिएको जानकारी दिएको थियो।
अमेरिका र इजरायलको साथ पाएको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरणमा रफाहामा ५० जना घाइते भएको जनाइएको थियो।त्यस समयमा भाग दौडमा यसरी धेरै जना च्यापिएका थिए।राहत वितरणमा लुटपाट मच्चिन थाले पछि स्थानीय प्रहरीले त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्दा इजरायली सेनाले आक्रमण गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij