लिभरपुल : प्रिमियर लिग क्लब लिभरपुलको ट्रफी परेडमा भएको दुर्घटनामा तीन सन्तानका पिता र पूर्व रोयल मरिन पल डोयलविरुद्ध मुद्दा दर्ता गरिएको छ । सो घटनामा ७९ जना घाइते भएका थिए।
जो वेस्ट डर्बीको बर्गहिल रोडका बासिन्दा ५३ वर्षीय डोयल सोमबार पक्राउ परेका थिए। मर्सीसाइड प्रहरीका अनुसार लिभरपुलको प्रिमियर लिग जितेको उत्सवमा सहभागी समर्थकहरूबिच कार घुसाएर ठक्कर दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
सोमबार साँझ ६ बजे वाटर स्ट्रिटमा भएको घटनामा डोयलले चलाएको भनिएको कारले भिडमा ठक्कर दिँदा ९ वर्षीय बालकसमेत घाइते भएका थिए। डोयलमाथि नियोजित रूपमा गम्भीर शारीरिक क्षति पुऱ्याउने प्रयास गरेको अभियोग लगाइएको छ। साथै, उनलाई खतरनाक रूपमा गाडी चलाएको र दुईवटा दुर्भावनायुक्त घाइते गराउने कार्यमा संलग्न भएको अभियोग पनि लगाइएको छ।
मर्सीसाइड प्रहरीकी सहायक प्रमुख कन्स्टेबल जेनी सिम्सले पत्रकार सम्मेलनमा घटनापछि सात जना अझै अस्पतालमा रहेको बताइन्। डोयल शुक्रबार लिभरपुल मजिस्ट्रेटको अदालतमा उपस्थित हुने तयारीमा छन्।
बीबीसी
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij