Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

स्याङ्जामा प्रहरीद्वारा भीरबाट लडेका व्यक्तिको सकुशल उद्घार

स्याङ्जामा प्रहरीद्वारा भीरबाट लडेका व्यक्तिको सकुशल उद्घार

स्याङ्जामा नेपाल प्रहरीले भीरबाट लडेका एक व्यक्तिलाई सकुशल उद्घार गरेको छ । भीरबाट लडेका सुर्खेतको गुर्वाकोट नगरपालिका – १४ घर भई कामको सिलसिलामा स्याङ्जाको पुतलीबजार नगरपालिका – १४ सेवादी बस्ने ४३ वर्षीय चित्र बहादुर पुनलाई सकुशल उद्घार गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार राती करिब साढे दस बजे पुन आफू बसेको घर नजिकै पिसाब फेर्न निस्किएका थिए । पिसाब फेर्न निस्किएका पुन भीरबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

उक्त घटनाको सूचना पाउनसाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले भीरबाट खसेका पुनलाई बुधबार राती करिब साढे १२ बजे भीरको खोचबाट गम्भीर अवस्थामा उद्घार गरेको प्रवक्ता चौधरीले बताए ।भीरबाट लडेर गम्भीर घाइते भएका पुनलाई तत्कालै प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा सामान्य उपचार पश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट