Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

मन्त्रिपरिषद् बैठक समपन्न, बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठक समपन्न, बजेट स्वीकृत

काठमाडौं : मन्त्रिपरिषदको बैठक सिंहदरबारमा समपन्न भएको छ ।संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।

नेपालको संविधान,२०७२ को धारा ११९ को उपधारा ९३० मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोकेको छ।अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट