काठमाडौं : नेपालमा विद्युतकाे पहुँच ९९ प्रतिशत पुगेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सरकारले नेपालमा विद्युतको पहुँच ९९ प्रतिशत पुगेको बताएका हुन् ।
उनले नेपालमा कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको पनि बताए । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ९९ प्रतिशत नागरिकमा विद्युत् पहुँच पुगेको बताएका थिए ।
तर,कुलमान घिसिङ बर्खास्तीमा परेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ल्याएको श्वेतत्रमा ८५ प्रतिशत नागरिकसम्म मात्रै विद्युत् पहुँच पुगेको तथ्याङ्क सार्वजनिक गरेका थिए । श्वेतपत्रमा पालिकाको आधारमा ९५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरिएको थियो ।अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले कुलमानको तथ्याङ्कलाई मान्यता दिँदै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij