काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रीमान नगरकोटीको निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि डाइलासिस गराइरहेका नगरकाटीको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।
महानगर प्रहरी बलका अनुसार जेठ ११ गते घरमा लडेपछि नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij