Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट स्पीड!

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट स्पीड!

काठमाडौँ  : देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाइ मध्यनजर गर्दै 1000 Mbps अर्थात् 1Gbps को  Enterprise Pro इन्टरनेट स्पीड सार्वजनिक गरेको छ। यसमा Public IP Address, L2 Support,र Wifi 6 Router निःशुल्क रहेको छ।  विशेष गरि धेरै प्रयोगकर्ता भएको  व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने र Congestion हुने भएकोले धेरै प्रयोगकर्ता लाई support गर्न सक्ने इन्टरनेट स्पीड  को माग अनुसार  1Gbps Enterprise Pro प्याकेज सार्वजनिक गरिएको हो ।

 1 Gbps को मुल्य भने एकदमै कम र अहिले अफर पनि रहेको छ, जसमा मासिक रु ७२९९/-  बाट शुरु हुन्छ । यति मात्र नभई ५०० एम बि पी एसको Enterprise Pro पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट