Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

सेयर बजार १७.४४ अंकले बढ्यो

सेयर बजार १७.४४ अंकले बढ्यो

काठमाडौं : बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ ।सो वृद्धिसँगै नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो ।१४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो । आज २ : १० बजेपछि बजारले वृद्धिको लय समातेको हो ।बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

बैंकिङका अलवा विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत बढे ।जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटे ।दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५.२६ प्रतिशत मूल्य घट्यो ।त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.१०, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ तथा दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशत घट्यो ।रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट