Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पहिलो पटक रोबोट रोबोटबिच बक्सिङ

पहिलो पटक रोबोट रोबोटबिच बक्सिङ

बेइजिङ : संसारमा पहिलो पटक दुई रोबोटहरू बिच बक्सिङ प्रतियोगिता भएको छ । यसमा रोबोटहरूले एक अर्कामाथि लात र मुक्का प्रहार गरेका थिए । सवा चार फिटका यी रोबोटहरूको लडाई टिभीमा पनि प्रसारण गरिएको थियो ।

यस प्रतियोगिताको नाम विश्व रोबोट प्रतियोगिता थियो । प्रतियोगिता हालै भएको थियो । यी रोबोटहरू चिनियाँ कम्पनी युनिट्री रोबोटिक्सले तयार पारेको हो । यसले धेरै उन्नत मानवोइड रोबोटहरू बनाउने काम गरिरहेको छ ।

चीनको हांग्जो सहरमा आयोजित यस प्रतियोगितामा चार रोबोटहरूले भाग लिएका थिए । सबै रोबोटहरू एउटै आकारका थिए र तिनीहरूको उचाइ १३२ सेन्टिमिटर थियो भने तौल ३२ किलोग्राम थियो ।

बक्सिङ रिङमा लड्ने रोबोटहरूलाई टाढाबाट नियन्त्रण गरिएको थियो । यसका लागि मानव प्रशिक्षकले जोइस्टिकको मद्दतले तिनीहरूलाई नियन्त्रण गरे । प्रतियोगिता चाइना सेन्ट्रल टेलिभिजनमा प्रसारण गरिएको थियो ।

युनिट्री कम्पनीले पहिले पनि आफ्नो रोबोटको भिडियोहरू सार्वजनिक गरिसकेको छ । जसमा रोबोटहरू उच्च गतिमा दौडिरहेको देख्न सकिन्छ ।एउटा भिडियोमा यो संसारको पहिलो सबैभन्दा छिटो दौडने रोबोट हो भनेर देखाइएको थियो । भिडियोमा रोबोटहरू सबै सतहहरूमा सजिलै दौडन सक्ने देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij