Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

मोरङमा ३०० किलो गाँजा बरामद, कारोबारी भागे

मोरङमा ३०० किलो गाँजा बरामद, कारोबारी भागे

१४ जेठ, विराटनगर : बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको ।बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट