Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त भयो स्पेस एक्सको सबैभन्दा ठुलो रकेट

प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त भयो स्पेस एक्सको सबैभन्दा ठुलो रकेट

क्यालिफोर्निया : अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान फेरि असफल भएको छ । यो यान अहिलेसम्म बनेको सबैभन्दा ठुलो र सबैभन्दा शक्तिशाली रकेट थियो ।

यसलाई मंगलग्रहमा उपनिवेश स्थापना गर्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको महत्त्वाकाङ्क्षाको लागि महत्त्वपूर्ण मानिएको छ । बीबीसी उत्तर अमेरिकी संवाददाता पिटर बोवेसका अनुसार यो स्टारशिपको ९ औँ परीक्षण उडान थियो । यो मानवरहित रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

तर प्रक्षेपणको केही समयपछि, यानमा केही समस्या भयो । पृथ्वीको वायुमण्डलमा यानलाई फर्काइने योजना बनाउनु अघि रकेट नियन्त्रण बाहिर गयो । कम्पनीका अनुसार अन्तरिक्ष यान द्रुत गतिमा टुक्रियो ।

हिन्द महासागरमा खस्नु अघि यो कयौँ टुक्रा टुक्रा भएको बताइएको छ । यो परीक्षणले स्टारसिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने माइक्रो ब्लगिङ वेबसाइट एक्सको एक पोस्टमा कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij