Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

कंगारु एजुकेशनकाे आफ्नै भवनबाट अबदेखि विद्यार्थीले सेवा लिन पाउने (फोटोफिचर)

कंगारु एजुकेशनकाे आफ्नै भवनबाट अबदेखि विद्यार्थीले सेवा लिन पाउने (फोटोफिचर)

काठमाडाैँ  : विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउदैँ आएको कंगारु एजुकेशन फाउण्डेशनले स्थापनाको १९ औँ वर्षपछि आफ्नो भवनबाट सेवा दिने भएकाे छ। बागबजार स्थित नयाँ केन्द्रिय कार्यालय ‘पर्पल हाउस’ मा ‘कंगारु फ्रेसर फेस्ट’ काे आयोजना गर्दै क‌ंगारुले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आइतबारदेखि सेवा प्रारम्भ गरेकाे हाे।

फेस्टमा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र बेलायतका प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज तथा प्राइभेट कलेजहरुका प्रतिनिधिहरुको सहभागीता रहको थियो। यस मेलामा विद्यार्थीले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययन पश्चात रोजगारीको अवसर, छात्रवृत्ति लगायतका विषयमा प्रत्यक्ष रुपमा जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट