Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

तीनकुने घटनाबारे पुस्कर खतिवडाको बयान : २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको हुँ

तीनकुने घटनाबारे पुस्कर खतिवडाको बयान : २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको हुँ

काठमाडौँ : चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् ।

प्रहरीसँगको बयानमा उनले प्रहरीले अश्रुग्यास प्रहार गरेपछि ढुङ्गा हानेको र तत्काल सो स्थानबाट निस्किएको बताएका छन् ।आफू कुनै पार्टीको सदस्य नरहेको, हिन्दू राष्ट्रको समर्थक भएकाले स्वतन्त्र नागरिकका हिसाबले त्यहाँ आन्दोलनमा सहभागी भएको बयानमा उनले बताएका छन् ।

स्टेजमा रहँदा आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले निजी सम्पत्तिमा असर नगरी पार्टी कार्यालय र कान्तिपुर कार्यालय तोडफोड गर्न फोनमार्फत निर्देशन दिएको पनि आफूले सुनेको उनले बताएका छन् ।प्रसाईँले नै निर्देशन दिएपछि भाटभटेनी, कान्तिपुर र पार्टी कार्यालयमा तोडफोड भएको बयान उनले दिएका छन् ।आफूले ढुङ्गा हान्नेबाहेक अन्य तोडफोड र आगजनी नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट