Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

दीपिकामाथि चलचित्रको स्क्रिप्ट लिक गरेको आरोप, रिसाए निर्देशक

दीपिकामाथि चलचित्रको स्क्रिप्ट लिक गरेको आरोप, रिसाए निर्देशक

मुम्बई : कबीर सिंह र एनिमल जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरिसकेका सन्दीप रेड्डी वांगाको आगामी फिल्म ‘स्पिरिट’बाट दीपिका पादुकोणलाई हटाइएको छ। दीपिकाको स्थानमा तृप्ति डिमरीले काम गर्ने छिन् ।दीपिकाले अव्यवसायिक माग गरेको आरोप लागेको थियो। तर, अहिले सन्दीप रेड्डी वांगाले दीपिकाको नाम नलिई उनले फिल्म छोड्ने बित्तिकै फिल्मको स्क्रिप्ट लिक गरेको आरोप लगाएका छन्।

सन्दीप रेड्डी वांगाले आफ्नो आधिकारिक एक्स अकाउन्टबाट लेखेका छन्, ‘जब म कुनै अभिनेतालाई मेरो स्क्रिप्ट सुनाउँछु, म उसलाई १०० प्रतिशत विश्वास गर्छु। हामीबिच एउटा अघोषित सम्झौता छ। तर यसो गरेर तिमीले आफू को हुँ भनेर देखाएका छौँ। एक युवा कलाकारको अपमान गर्नु र मेरो कथा लिक गर्नु, के यो तिम्रो नारीवाद हो?’

उनले थपे, ‘एक फिल्म निर्माताको रूपमा, मैले आफ्नो कलामा धेरै वर्ष कडा परिश्रम गरेको छु। फिल्म निर्माण नै मेरो लागि सबैथोक हो। तर तिमीले यो बुझ्न सकेनौ र बुझ्न पनि सक्ने छैनौँ। अर्को पटक पुरै कथा भन, किनकि यसले मलाई केही फरक पार्दैन। फोहोरी पीआर खेल।’सन्दीप रेड्डी वांगाले आफ्नो पोस्टमा कसैको नाम उल्लेख नगरे पनि, यो स्पष्ट छ कि उनले यो पोस्ट दीपिका पादुकोणको लागि लेखेका हुन् । किनभने उनलाई केही समय अघि फिल्मबाट हटाइएको थियो।

सन्दीपले आफ्नो पोस्टमा उल्लेख गरेकी युवा अभिनेत्री तृप्ति डिमरी भएको अनुमान गरिएको छ। दीपिकाको ठाउँ तृप्तिले लिएकी छिन्।फिल्म स्पिरिटमा प्रभासको अपोजिटमा दीपिका पादुकोणलाई कास्ट गरिएको थियो। दीपिका गर्भवती भएको कारणले फिल्म छोड्न चाहन्थिन्, तर सन्दीप रेड्डी वांगाले उनको लागि फिल्मको छायांकन पनि स्थगित गरिदिए। यसका बाबजुद पनि दीपिकाले फिल्ममा काम गर्नका लागि धेरै सर्तहरू राखिन्।

उनले ८ घण्टाको सिफ्ट मात्र पाउनुपर्ने, हप्ताको ५ दिन काम गर्नुपर्ने, नाफामा भाग लिनुपर्ने र तेलुगु संवाद नबोल्नुपर्ने लगायतका मागहरू राखेकी थिइन्। अभिनेत्रीको बढ्दो मागबाट असन्तुष्ट सन्दीप रेड्डी वांगाले उनलाई फिल्मबाट हटाएका थिए। उनको ठाउँमा तृप्तिलाई फिल्ममा कास्ट गरिएको छ। यसको आधिकारिक घोषणा पनि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट