Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

राष्ट्रिय युवा सङ्घ नेपालको महाधिवेशनमा फर्जी प्रतिनिधि

राष्ट्रिय युवा सङ्घ नेपालको महाधिवेशनमा फर्जी प्रतिनिधि

पोखरा : राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशन अन्तर्गत पोखरामा जारी मतदानमा फर्जी प्रतिनिधि कार्डको प्रयोग भएपछि केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

पोखरा सभागृहमा सोमबार बिहान १० बजेबाट सुरु भएको मतदानका क्रममा रौतहटका प्रतिनिधि शेख जैद आलमको नाममा बनाइएको कार्डमा अर्कै व्यक्तिको फोटो टाँसिएको फेला परेको थियो । उक्त कार्ड प्रयोग गरी भोट हाल्न खोजिएपछि अन्य प्रतिनिधिहरूले अवरोध गरेका थिए । निर्वाचन समितिले तत्काल मतदान प्रक्रिया स्थगित गर्दै छानबिन अघि बढाएको थियो । डिजिटल कार्ड भएका प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने निर्णय भएपछि मतदान अघि बढेको छ ।

बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ६०३ जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा कूल १ हजार ७ सय ६४ प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट