काठमाडौँ : बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ मञ्चन भइरहेको छ । जेठ ३ गतेदेखि सुरु भएको नाटक मञ्चन जेठ १७ सम्म चल्नेछ । नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन् भने अभिनय पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको रहेको छ । यशोधरा र सिद्धार्थबिचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषयमा नाटकको कथा घुमेको छ ।
नाटकको सुरुवात एउटा क्याफेबाट हुन्छ । जहाँ मुख्य पात्र भूमि र सागर हुन्छन् । उनीहरू आपसमा कुराहरू गर्छन् । विगतको कुराहरू देखि लिएर एक अर्काको जीवनभित्र हराइरहेका प्रश्नको जवाफ खोज्दै काल्पनिक रूपमा हराइरहन्छन् ।
नाटकमा भूमि पर्यटक गाइड हुन्छिन् । उनलाई एकल आमाले हुर्काएकी हुनाले उनको नेपाली नागरिकको कुनै परिचय हुँदैन । उनी मानसिक रोगी पनि हुन्छिन् । कामको सिलसिलामा भूमि र एक क्यानेडेली पर्यटक सागरसँग भेट हुन्छ । नाटक मङ्गलवार बाहेक अन्य दिन साँझ ५ः१५ बाट र शनिवार दिउँसो १ बजेबाट सुरु हुने निर्देशक युवराजले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij