Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आणविक सहमतिका लागि अमेरिकासँग इरान तयार

आणविक सहमतिका लागि अमेरिकासँग इरान तयार

एजेन्सी :  अमेरिकासँग आणविक सहमतिका लागि आफू तयार भएको इरानले जनाएको छ। युरेनियममा साझेदारी गर्ने कुरामा सहमति हुन नसक्ने जनाएको छ। तेहरानका विदेश मन्त्रालयका प्रवक्ताले सिएनएनसँगको वार्तामा यी विषय बुझ्न आवश्यक रहेको बताएका छन्। प्रवक्ता इमाइल बागेसीले यो आणविक कार्यक्रम हतियारको रूपमा प्रयोग गर्नका लागि नभएका कुरा प्रस्ट पार्न चाहेको बताएका छन्। इरानको आणविक शक्तिको रूपमा अधिकार भने कायम रहेकोमा उनले जोड दिए।

अहिले पनि इरान र अमेरिकाको बीचमा बारम्बार भएको वार्ता सकारात्मक मोडमा पुगेको दुवै पक्षले बताएका छन्। दुवै पक्षले कुनै ठोस निष्कर्ष भने नआई सकेको बताएका छन्। इरानी विदेशमन्त्री अब्बस आराग्चीले वार्तामा केही उत्साहप्रद कुरा भए पनि केही समस्या अझ बाँकी रहेको बताएका छन्। उनले अबको दुई तीन बैठकमा सबै कुरा सहमतिमा पुग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij