Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

धादिङको गल्छीमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो, दुईतर्फी सवारी अवरुद्ध

धादिङको गल्छीमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो, दुईतर्फी सवारी अवरुद्ध

काठमाडौँ : पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीमा पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।

काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुराना पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलेको भाग धस्सिएको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट