Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना अस्पताल भर्ना, एक जना पक्राउ

लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना अस्पताल भर्ना, एक जना पक्राउ

लिभरपुल : लिभरपुल फुटबल टोलीको प्रिमियर लिग जितको खुसीयाली मनाइरहेका समर्थकहरूको भिडमा कार चलाउँदा करिब २७ जना घाइते भएका छन्, जसमा चारजना बालबालिकासमेत छन्। यस घटनामा एक जना बेलायती पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार 'लिभरपुल क्षेत्रका ५३ वर्षे गोरा बेलायती पुरुष' लाई एक्लै कार कुदाउने व्यक्तिका रूपमा पहिचान गरिएको छ। प्रहरीले यो घटना आतंकवादी गतिविधिका रूपमा नभएको बताएका छन्। करिब २० जनालाई घटनास्थलमै सामान्य चोटपटकको उपचार गरिएको थियो भने २७ जनालाई अस्पताल लगिएको थियो। यसमध्ये एक जना बच्चा र एक जना वयस्कको अवस्था गम्भीर रहेको जनाइएको छ।

एक बालबालिकासहित चार जना पीडितहरू भ्यानमुनि फसेका थिए, जसलाई उद्धारकर्ताहरूले गाडी उठाएर निकाल्नुपरेको थियो। 'हामी यो घटनालाई एकल क्रियाकलापको रूपमा हेर्दैछौं, र हाल हामी अरू कसैलाई खोजी गरिरहेका छैनौं। यो घटना आतंकवादसँग सम्बन्धित छैन,' डिपुटी चिफ कन्स्टेबल जेनी सिम्सले पत्रकारहरूलाई बताइन्।

घटनाका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्, जसमा लिभरपुलमा खेलाडीहरूले ट्रफी देखाउँदै खुला बसमा परेड गरिरहँदा एक कालो रङको कार भिडतर्फ जाँदै गरेको देखिन्छ। कारले ठक्कर दिँदा धेरै मानिसहरू हावामा उछालिएका थिए। कार रोकेपछि आक्रोशित समर्थकहरू कारतर्फ अघि बढे र झ्यालहरू तोड्न थाले । प्रहरीले उनीहरूलाई चालकसम्म पुग्नबाट रोक्न हस्तक्षेप गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij