Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रुसले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

रुसले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

कीएभ : युक्रेनी वायुसेनाले आइतबार रातिदेखि सोमबार बिहानसम्म रुसले युक्रेनमा ३५५ ड्रोन र ९ वटा मिसाइल प्रहार गरेको बताएको छ। युक्रेनी वायुसेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार यो आक्रमण युद्धको क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन हमला थियो।

युक्रेनी वायुसेनाले सबै क्षेप्यास्त्रहरू खसालेको बताएको छ भने २८८ वटा युएभी र ड्रोनहरू ‘निष्क्रिय’ पारिएको दाबी गरेको छ । यसअघि युक्रेनले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले २९८ ड्रोन र ६९ वटा मिसाइल प्रहार गरेको बताएको थियो।

यता, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा निरन्तर बमबारी गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'पागल' भनेका छन्।ट्रम्पले रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij