Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

फाप्लु–काठमाडौं हप्तामा चार दिन उडान

फाप्लु–काठमाडौं हप्तामा चार दिन उडान

लुखुम्बु : सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाण्डौ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार दिन उडान गर्न थालेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमवार, बुधवार, शुक्रवार, र शनिवार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाण्डौ हवाई सेवा पुनः सञ्चालन भएको हो ।जहाज मर्मत भएसँगै फेरि उडान सञ्चालन सम्भव भएको हो । यसअघि हप्ताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट