Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

१२ वर्ष अघि उपचार गर्ने डाक्टरलाइ जंगलमा भेटेपछि हात्तीले गर्‍यो अभिवादन

१२ वर्ष अघि उपचार गर्ने डाक्टरलाइ जंगलमा भेटेपछि हात्तीले गर्‍यो अभिवादन

हो, हात्तीहरुले कहिल्यै बिर्सँदैनन् । उनीहरुको स्मरण शक्ति ज्यादै तिक्ष्ण हुन्छ । आफ्नो जिवनमा भएका घटनालाई तिनले दिमाखको कुनै कोमल डिस्कमा लगेर भण्डारण गर्छन् । आफूलाई चाहिएको बेला त्यहाँबाट फुत्त फुत्त झिक्छन् ।

बेलायतको डेली मेलमा प्रकाशित आलेख अनुसार थाईल्याण्डमा यस्तै एउटा हृदयस्पर्शी क्षण उजागर भएको छ । हात्तीले थाइल्याण्डमा १२ वर्ष अघि आफ्नो उपचार गर्ने पशु चिकित्सकलाई चिनेपछि जंगलमै सुँड जोडेर अभिवादन गरेको छ ।

प्लाई थाङ एक ३१ वर्षीय साँढे हात्ती जंगलमा चर्दै थियो । डा. पात्तारापोल मानीओनसँग अप्रत्याशित जम्काभेट भयो थाङको । उनले थाङको उपचार गरेका थिए । थाङलाई गाउँमा उपचार गरेका चिकित्सकको थाङसित पछि जंगलमा पूनर्मिलन भयो ।

डाक्टर र हात्तीको यो जोडी पहिलो पटक २००९ मा भेटिएको थियो । प्लाई थाङ रेयोङमा गम्भिर बिरामी अवस्थामा भेटिएर उपचारको लागि लगिएको थियो ।

हाती घातक ट्रिपानोसोमियासिस भन्ने रोगले पीडित थियो । यो यस्तो एक परजीवीले आक्रमण गरेको अवस्था हो जसलाई निद्राको रोग पनि भनिन्छ।

‘मृत्युको नजिक’ पुगेको थियो प्योङ । उसलाई ज्वरो, भोक नलाग्ने भएको थियो । अनुहार, घाँटी र पेटमा सुन्निने समस्या थियो । प्लाई थाङका आँखा सुन्निएका थिए । खुट्टा धरमराएका थिए । ढाडको कमजोरी र रक्तअल्पताबाट पीडित थियो । सन् २००९ मा हात्ती पूर्वी थाइल्याण्डको रेयोङमा जंगलमा विरामी परेर संघर्ष गरिरहेको भेटिएको थियो। उसको उपचार गर्न डाक्टर पट्टारापोल पुगेका थिए ।

रोगले कमजोर जनावरलाई राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभागका कर्मचारीले उपचारका लागि लाम्पाङ प्रान्तको वन उद्योग संगठनको इलाकामा लगेका थिए । थाङ उपचार गरेर धेरै महिना पछि रिहा भएका थिए । तर यस महिनाको सुरुमा पशु चिकित्सकले जंगली जनावर बस्ने इलाकामा केहि जनावर विरामी परेका छन् कि भनेर गस्ती गरिरहेको बेला डाक्टर पटारापोललाई भेटेका थिए ।

आफ्नै उपचार गरेका डाक्टरलाई आफ्नो ईलाकामा अप्रत्याशित रुपले हिंड्दै गरेको देखेपछि प्योङले डाक्टर पट्टारापोल मानेयनको हात छुन आफ्नो सुँड तेसार्‍यो ।डाक्टर पट्टारापोलले जंगलको यस क्षेत्रमा गस्ती गरिरहेका बेला उनले १२ वर्ष पहिले भेटेको हात्तीको विशिष्ट आवाज पहिचान गरे।

उनले प्लाई थाङलाई देखेपछि आफू उनको चिकित्सक भएको संकेत गरे । थाङले डाक्टर पट्टारापोललाई अभिवादन गर्न आफ्नो सुँड बाहिर निकालेर नजिक नजिक, नजिक नजिक गयो । थाङले एक दशक भन्दा बढी समयपछि पहिलो पटक मानवसँग सम्पर्क बनाएको थियो ।

थाङ नजिक नजिक आएपछि पशु चिकित्सक पक्का भए प्लाई थाङले उसलाई चिन्यो ।डाक्टर पट्टारापोलले भने ‘मलाई आवाज एकदमै प्रष्ट याद छ। प्लाई थाङको आवाज धेरै अनौठो छ ।’

‘पलाई थाङलाई विरामी अवस्थामा पहिलो पटक भेट्दा निकै आक्रामक थियो । उसको शरीर कमजोर थियो । उ अन्य हात्तीहरूसँग लड्न सक्ने अवस्थामा थिएन । उसलाई निको हुन धेरै समय लाग्यो । तर हामीले थाहा पायौं कि उ धेरै चलाख छ । उसले आफ्नो हेरचाह गर्‍यो ।’

‘हालसालै हामी फेरि भेट् भयौं । हामीले एकअर्कालाई सम्झ्यौं र अभिवादन गर्यौं। यो धेरै विशेष क्षण थियो’ डा. पट्टारापोलले भने ‘मानिसहरूले हात्तीसँग गर्ने कामको कदर गर्न यसले सबैलाई उत्प्रेरित गर्छ भन्ने मलाई आशा छ।’

यो घटना सन् २०२१ को मार्चको पहिलो साता भएको हो ।हात्ती थाइल्याण्डको राष्ट्रिय जनावर हो र त्यहाँ अनुमानित ३,०००-४,००० हात्ती पाइन्छन् । यस मध्ये कम्तिमा आधा घरपालुवा छन् । बाँकि प्राक्रितिक सरक्षण केन्द्र, जंगलमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट