अंगुर एक प्रकारको फल हो । जुन हामी सबैले खाएकै छौ । अंगुर कालो र हरियो दुई रङमा पाइन्छ । अंगुर खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्रा हुँदैन ।अन्य फलफूलहरु जस्तै कालो अंगर पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी १६, प्रोटिन, क्याल्सियम, फस्फोरस तथा म्याग्नेशियम जस्ता एकदमै पौष्टिक तत्वहरु पाइन्छन् । आउनुहोस् जानौं यसका फाइदाहरु–
– कालो अंगरमा भिटामिन सी र अन्य पोषक तत्व पाइन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । यसले शरीरको इम्यूनिटी बलियो बनाउँछ ।
– कालो अंगुरमा एन्टीडायबिटिक तत्व पनि पाइन्छ जसले शरीरमा रगतमा भएको चिनीको मात्रालाई कम गर्न सहयोग गर्दछ । यसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिँदैन ।
– यसमा पोटाशियम र साइटोकेमिकल्स जस्ता तत्व पाइन्छ जसले मुटु स्वस्थ राख्ने काम गर्दछ ।
– यसमा पाइने रेसवेरेट्राल नामक केमिकलले हड्डीलाई बलियो बनाउने काम गर्दछ ।
– कालो अंगुरमा पाइने रेसवेरेट्राल तत्वमा एन्टीअक्सीडेन्ट, एन्टीएपोप्टोटिक र एन्टी इन्फ्लामेटरी गुण पाइन्छ । यसले आँखाको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्छ ।
– कालो अंगरको सेवनले तपाईं आफ्नो बढेको पेटबाट पनि छुट्कारा पाउन सक्नुहुन्छ । यसमा पाइने गुणले बोसोलाई पगाल्ने काम गर्छ ।
– भिटामिन ई कपाल र छालाका लागि पनि एकदमै राम्रो मानिन्छ । कालो अंगुरमा भिटामिन ई प्रसस्त मात्रामा पाइन्छ ।
साथै अङ्गुरको खेतीमा व्यापक किटनाशक हालिएको हुन्छ । उचित वृद्धिको लागि अङ्गुरमा कीटनाशक प्रयोग गरिएको हुन्छ ।
त्यसैले हरेक पटक अङ्गुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ । यसो गर्दा विषादी सेवनका कारण शरीरलाई हुन सक्ने क्षतिबाट बच्न सकिन्छ । स्वस्थ रहन र किटनाशक हटाउन अङ्गुरलाई राम्रो सँग पानीले पखाल्ने अथवा केही समय पानीमा अङ्गुर डुबाएर सफा गर्न सकिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij