Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

एआईजी लालमणि आचार्यको अवकाश

एआईजी लालमणि आचार्यको अवकाश

११ जेठ, काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।

प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको बताए ।

एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ । आचार्य एआईजी बढुवा भएपछि कार्य विभागका कार्यरत थिए ।उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट