Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतको विदेशी मुद्रा सञ्चिति ६८५.७२९ अर्ब डलरमा झर्‍यो

भारतको विदेशी मुद्रा सञ्चिति ६८५.७२९ अर्ब डलरमा झर्‍यो

काठमाडौँ : भारतीय रिजर्भ बैंक (आरबीआई) ले मे १६ मा समाप्त भएको सातासम्मको विदेशी मुद्रा सञ्चिति सम्बन्धी पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त तथ्याङ्कअनुसार भारतको विदेशी मुद्रा सञ्चिति ४.८८८ अर्ब अमेरिकी डलरले घटेर ६८५.७२९ अर्ब अमेरिकी डलरमा झरेको छ।

यो गिरावट मुख्यतः सुन सञ्चितिमा आएको ५.१२१ अर्ब डलरको तीव्र कमीका कारण भएको हो। यद्यपि विदेशी मुद्रा सम्पत्ति (एफसीए) भने सो अवधिमा २७ करोड ९० लाख डलरले बढेर ५८१.६५२ अर्ब डलर पुगेको छ।

त्यस्तै, विशेष आह्वान अधिकार (एसडीआर) ४ करोड ३० लाख डलरले घटेर १८.४९० अर्ब डलरमा पुगेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा रहेको भारतको सञ्चिति पनि ३० लाख डलरले घट्दै ४.३७१ अर्ब डलरमा झरेको आरबीआईले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij