काठमाडौं : शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि अवरुद्ध नवलपरासी पश्चिमस्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।शनिबार बिहान करिब ११ बजेपछि सडक एकतर्फी सञ्चालनमा आएको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले नेपालभ्युजलाई जानकारी दिए ।‘शुक्रबार रातिदेखि अवरुद्ध सडक एकतर्फी खुलेको छ । अहिले सवारीसाधन गन्तव्यतर्फ अघि बढिरहेका छन्,’ उनले भने ।
चिनियाँ भेहिकलको सहयोगमा अहिले दुईतर्फी नै सडक खुलाउने काम धमाधम भइरहेको एसपी श्रेष्ठले बताए ।राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन जाममा पर्नुका साथै यात्रु अलपत्र परेका थिए ।
बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij