Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौं : नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ ।नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारिसाधन खानीखोलामा रोकिने जनाएको छ ।प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट