Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु

जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु

झारखण्ड : झारखण्डको प्रतिबन्धित उग्रवादी संगठन झारखण्ड जनमुक्ति परिषद् (जेजेएमपी) का प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। शुक्रबार राति लातेहार जिल्लाको सलैया जंगल नजिकै भएको यस मुठभेडमा संगठनका अर्का एक उग्रवादी पनि मारिएको जनाइएको छ।

लातेहारका एसपी कुमार गौरवले बीबीसीलाई बताएअनुसार पप्पु लोहारा बाहेक अर्का एक उग्रवादी मारिएका छन् भने एक जना घाइते भएका छन्। उनले भने– ‘खोजी कार्य अझै जारी छ, र अन्य जानकारी यो पूरा भएपछि मात्र साझा गर्न सकिन्छ।’झारखण्ड सरकारले लोहारामाथि १० लाख भारतीय रुपैयाँको इनाम घोषणा गरेको थियो। उनी लातेहार जिल्लाको लुंडी गाउँका बासिन्दा थिए।

जेजेएमपी भनेको के हो ?

सन् २००६/०७ मा, प्रतिबन्धित नक्सली संगठन सीपीआई (माओवादी) का कमाण्डर सञ्जय यादव आफ्नो टोलीबाट अलग भएका थिए। त्यसपछि उनले झारखण्ड जनमुक्ति परिषद (जेजेएमपी) नामक संस्था स्थापना गरे।

संजय यादवको मृत्युपछि, लोहारा जेजेएमपीको प्रमुख बने। पप्पु लोहारा उर्फ ​​सोमदेव लोहारामाथि पलामु, गढवा र लातेहार जिल्लामा प्रहरीसहित दर्जनौँ मानिसहरूको हत्या गरेको आरोप लगाइएको थियो।सेप्टेम्बर २०२१ मा, झारखण्ड जगुआरका डेपुटी कमान्डेन्ट राजेश कुमारको पनि लोहारासँगको मुठभेडमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij