ह्याम्बर्ग : उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गरेकी छिन्। स्थानीय समय अनुसार साँझ ६ बजेतिर भएको यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन्।ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ । ह्याम्बर्ग अग्नि नियन्त्रण विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार १७ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ।
प्रहरीले भने घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको बताएको छ। ह्याम्बर्ग प्रहरीले घटनामा संलग्न ३९ वर्षीया जर्मन महिलालाई घटनास्थलबाटै पक्राउ गर्यो।प्रहरीले सन्दिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै ‘राजनीतिक उद्देश्य’ नभएको बताएको छ। ‘उनी मानसिक रूपमा विचलित भएको हुन सक्छिन्,’ प्रहरी प्रवक्ता फ्लोरियन अबेन्सेथले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij