नयाँ दिल्ली : पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका भारतीय बीएसएफ जवान पूर्णम कुमार हुगली पश्चिम बंगालस्थति आफ्नो घर पुगेका छन्। पहलगाम आक्रमणको दोस्रो दिन पूर्णम कुमारलाई पञ्जाबको फिरोजपुरनजिकै पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको थियो ।
भारत र पाकिस्तानबिचको तनावका बेला पूर्णम कुमारले गल्तीले अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए। पाकिस्तानी रेन्जर्सले उनलाई मे १४ मा अटारी–वाघा सीमामा भारतीय अधिकारीहरूलाई सुम्पेका थिए।आफ्नो घर पुगेपछि पूर्णम कुमारले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘मेरा आमाबाबु धेरै दुखी हुनुहुन्थ्यो त्यसैले म पहिले उनीहरूलाई भेट्न आएँ। मेरा आफन्तहरूलाई भेट्न पाउँदा खुसी लागेको छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij