गैँडाकोट : जेठको पहिलो दिन बेलुकी सवा सात बजेदेखि बेपत्ता सावित्री गिरी आज नवौँ दिनसम्म पनि फेला परेकी छैनन् । गैँडाकोट-१, जौजुवा निवासी गिरी जेठ १ गते बेलुकी नारायणी पुलबाट नदीमा हाम फालेकी थिइन् । ४८ वर्षीया गिरी अझै फेला नपरेकी हुन् ।
‘नारायणी नदीदेखि त्रिवेणीसम्म बागमती प्रदेशको विपद व्यवस्थापन अन्तर्गत नेपाल प्रहरीको टिम तथा परिवारका सदस्यहरुले खोजी गर्दासमेत भाउजू फेला नपरेको अवस्था छ’ गिरीका आफन्त शम्भु गिरी ‘निर्दोष जीवन’ ले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij