काठमाडौँ : कम्बोडियामा अलपत्र दुई नेपाली नागरिकको उद्धार गरिएको छ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली(एक महिला र एक पुरुष)को नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो । शुक्रबार नेपाली राजदूतावास बैंककले प्रेस विज्ञप्ति जारी गर्दै दुई नेपाली नागरिकहरुको उद्धार गरेर नेपाल फर्काएको बताएको हो ।
‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij