धादिङ : तात्कालिन नीलकण्ठ माध्यामिक विद्यालय हालको नीलकण्ठ बालमन्दिर माविमा २५ वर्ष पढाएर ६० वर्षे उमेरहदका कारण अंग्रेजी विषयका शिक्षक राजकुमार राई न पेन्सन न उपदान, रित्तो हात गहभरी आँसु र मनभरी पीडा बोकेर शिक्षण पेशाबाट विदा भएका छन् ।
२०५७ साल पाैष ७ झापाबाट अध्यापनका लागि धादिङ आएका थिए । नीलकण्ठ बालमन्दिर माविमा अर्थशास्त्र विषयमा अध्यापन गराउँदै आएका उनी आन्तरिक स्थायी शिक्षक भएकै कारण शिक्षण सेवाबाट अवकाश हुँदा पनि खाली हात घर फर्कनु परेको हो ।विद्यालयका शिक्षक विद्यार्थीले बिहिबार एक भव्य कार्यक्रमका साथ उनलाई विधाई गरेका थिए ।
उनको विदाई सँगै प्रकाश मावि नीलकण्ठका प्रधानाध्यापक एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशका अध्यक्ष शंकर अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा शुभकामना दिँदै लेखेका छन् ।,तिसौं वर्ष इमानदारीपूर्वक शिक्षण पेशामा समर्पित हुनुभयो । तपाइँले पढाएका सयौं चेलाहरु अब्बल सावित हुँदै राज्यका उपल्लो निकायमा कार्यरत होलान् । तर तपाईं ? ६० वर्षे उमेरहद पार गरेर न पेन्सन न उपदान, रित्तो हात गहभरी आँसु र मनभरी पीडा बोकेर धादिङ जिल्लाकै ठूलो बिद्यालय नीलकण्ठ बालमन्दिर नमुना मा.वि. बाट आज बिदाइ हुनुभयो । तपाइँको योग्यता,लगशीलता,पेशाप्रतिको लगाव र धैर्यताप्रती सलाम छ तर तपाइँ जस्तै हजारौं शिक्षकहरुको पेशागत स्थायित्वका लागि दशकौं लड्दा पनि निर्लज्ज राज्यसंग हामिले जित्न सकेनौं । दुख छ आदरणीय राजकुमार राई सर एउटा पेशागत आन्दोलनको सिपाही भएर पनि तपाइँहरु जस्ता गुरुहरुलाई न्याय दिलाउन नसक्दा । तपाइँको सेवानिवृत्त जीवन सुखद र स्वस्थ रहोस् , शुभकामना राई सर ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij