Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

पाँचौँपटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

पाँचौँपटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाडौं फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन् ।उनले आइतबार बिहान ३:३७ बजे पाँचौँपटक सगरमाथा शिखर चुमेकी थिइन् । उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् ।यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।

त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट