Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान, १५ घरमा आगलागी

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान, १५ घरमा आगलागी

अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान आवासीय क्षेत्रमा खसेको छ।यो दुर्घटना आवासीय क्षेत्रमा भएको र धेरै घर तथा कारमा आगलागी भएको बीबीसीले जनाएको छ।

 

विमान दुर्घटना भएको स्थल।

बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान खसेको स्थानीय अधिकारीले बताएका छन्।विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ। धेरै ब्लकमा बस्ने अरूले आफ्नो घर खाली गर्नुपरेको छ।

तर अहिलेसम्म यस दुर्घटनामा कोही घाइते भए वा विमानमा को-को सवार थिए भन्ने कुरा थाहा भएको छैन।संघीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलअनुसार ६ देखि ८ जनासम्म यात्रु बोक्न सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij